ad ad

राजनीति


एमालेबाट विष्णु पौडेलको नेतृत्वमा यी चार सांसद बन्ने भए मन्त्री

एमालेबाट विष्णु पौडेलको नेतृत्वमा यी चार सांसद बन्ने भए मन्त्री

फाइल तस्बिर


नेपालखबर
पुस ११, २०७९ सोमबार १५:१८, काठमाडौँ

नेकपा एमालेले पहिलो चरणमा सरकारमा पठाउने चारजना मन्त्रीको नाम तय गरेको छ।

एमालेले सात दलीय गठबन्धनको बैठकपछि सरकारमा पठाउने चार मन्त्रीको नाम पक्का गरेको हो।

सोमबार बिहान बालकोटमा बसेको अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकले एमालेबाट सरकारको नेतृत्व उपाध्यक्ष विष्णु पौडेलले गर्न निर्णय लिएको थियो।

गठबन्धन दलसँग सोमबार दिउँसको छलफलपछि थप तीन नामको एमालेले टुंगो गरेको हो। 

जस अनुसार एमालेबाट विष्णु पौडेलको नेतृत्वमा ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईले सोमबारै मन्त्रीको शपथ लिने भएका छन्।

मन्त्री बन्न लागेकी साह मंसिर ४ को निर्वाचनमा बारा क्षेत्र नम्बर ३ बाट विजयी भएकी हुन्। उनले सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार रामबाबुकुमार यादवलाई पराजित गरेकी थिइन्। २०७४ मा यस क्षेत्रबाट रामबाबुकुमार यादव विजयी भएका थिए।

यस्तै मन्त्री हुन लागेका भण्डारीले बैतडीबाट लगातार तेस्रो जित निकालेका थिए। उनले सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र बहादुर कुँवरलाई पराजित गरेका थिए। 

भण्डारीले ३३ हजार ६११ मत ल्याए भने उनका माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत ल्याए। कुँवरलाई १ हजार ५३१ मतले पछि पार्दै भण्डारीले लगातार तेस्रो पटक जित हात पारेका थिए। 

राजेन्द्र राई धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। उनले सत्ता गठवन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई १ हजार ३९६ मतले हराएका थिए। 

राई २०७४ सालको निर्वाचनमा पनि थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। राईले ३० हजार १०१ र पराजित थापाले २८ हजार ७०४ मत प्राप्त गरेका थिए। 

राईले २०७४ को प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा एमालेको क्लिन स्विप जित निकालेका थिए। त्यस्तै यस पटकको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेले तीनै सिटमा क्लिन स्विप गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .