ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

सरोज बैजु
पुस ११, २०७९ सोमबार २०:२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद बैठक सिंहदरबारमा बसेको छ। 

सोमबार प्रधानमन्त्रीलगायत ८ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रिपरिषदको बैठक सुरु भएको हो। 

प्रधानमन्त्रीसँगै तीन उपप्रधानसहित ८ जना मन्त्री नियुक्त भएका छन्।

मन्त्रिपरिषद बैठक बस्नुअघि सिंहदरबारमा पदभार ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले ‘सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सुदृढीकरण सम्बन्धी’ निर्णयमा हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .