ad ad

राजनीति


हसिनाले दिइन् प्रचण्डलाई बधाई, बंगलादेश भ्रमणको निम्तो

हसिनाले दिइन् प्रचण्डलाई बधाई, बंगलादेश भ्रमणको निम्तो

नेपालखबर
पुस १३, २०७९ बुधबार १५:५७, काठमाडौँ

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बंगलादेश भ्रमणको निम्तो दिएकी छिन्। 

प्रधानमन्त्री प्रचण्डलाई बधाई सन्देश पठाउँदै हसिनाले सक्दो चाँडो उपयुक्त समयमा बंगलादेश भ्रमणमा आउन आग्रह गरेकी हुन्।

हसिनाले प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएकोमा खुशी ब्यक्त गर्दै भनेकी छिन् ‘प्रधानमन्त्री पदमा भएको नियुक्तीले नेपाली जनताले तपाइँको दुरदर्शी र सक्षम नेतृत्वप्रति गरिएको विश्वास र भरोसालाई दर्शाउँछ।’ 

हसिनाले प्रचण्डको लामो अनुभवबाट नेपालले उच्च खालका समृद्दि हासिल गर्ने विश्वास ब्यक्त गरेकी छिन्। त्यसैगरी उनले नेपाल र बंगलादेशबीच रहीआएको बहुआयामिक सम्बन्ध अझ सुदृढ गर्दै दुई देशका जनताको पारस्पारिक लाभका लागि प्रचण्डसँग मिलेर काम गर्न प्रतिक्षारत रहेको बताएकी छिन्। 

‘नेपाल र बंगलादेशबीच रहेको असल सम्बन्ध तपाईँको कार्यकालमा थप सुदृढ हुने विश्वास लिएकी छु। दुई देशबीचका साझा स्वार्थ जोडिएका कनेक्टिभिटी, ब्यापार, पर्यटन, उर्जा र जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा जारी सहकार्य र अबका दिनमा हुनसक्ने सम्भावित सहकार्य अझ सघन हुने विश्वास छ’ उनले बधाई सन्देशमा उल्लेख गरेकी छिन्। 

हसिनाले प्रचण्डको सु-स्वास्थ्य, दीर्घायु र सुखको कामना गर्दै नेपाल जनताको निरन्तर शान्ति, प्रगति र समृद्दिका लागि शुभेच्छा प्रकट गरेकी छिन्। उनले प्रचण्डलाई अंग्रेजी नयाँ वर्षका अवसरमा शुभकामना पनि दिएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .