ad ad

राजनीति


एमसीसीलाई लिएर परराष्ट्रमन्त्रीको गुनासोः मैले भनेको पत्याइएन, हल्लामा विश्वास गरियो

एमसीसीलाई लिएर परराष्ट्रमन्त्रीको गुनासोः मैले भनेको पत्याइएन, हल्लामा विश्वास गरियो

नेपालखबर
पुस ९, २०७६ बुधबार ८:३८,

परराष्ट्रमन्त्री प्रदीपकुकमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई इन्डो प्यासिफिकसँग जोडेर गलत हल्ला र प्रचार भइरहेको बताएका छन्।

बुधबार संसदको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा मन्त्री ज्ञवालीले आफूले गरेको हस्तक्षरभन्दा बाहिरको हल्लालाई बढी विश्वास गरिएको भन्दै आश्चर्य व्यक्त गरे। ‘सम्झौतामा मन्त्रीले गरेको हस्ताक्षरमा विश्वास नगर्ने बाहिर अरुले के–के भन्छन् त्यही पत्याउने, त्यो राम्रो भएन’, उनले भने।

उनले एमसीसीबारे अनावश्यक शंका र भ्रम रहेको भन्दै भ्रम नपाल्न र शंका नगर्न समेत आग्रह गरे। एमसीसीलाई इन्डो प्यासेफिकसँग जोड्न आवश्यक नरहेको उनको भनाइ थियो।

‘एमसीसीबारे नेपालमा भएको छलफल वनको बाघले खाओस् कि नखाओस्, मनको बाघले खायो भनेझैं भयो’, उनले भने, ‘इन्डो–प्यासिफिक र एमसीसीलाई जोडेर हेर्नु आवश्यक छैन। एमसीसी छुट्टै हो। नेपाल कुनै सैन्य गठबन्धनमा आबद्ध हुँदैन।’

उनले सो सम्झौता कार्यान्वयन गर्ने सरकारले निर्णय गरिसकेको बताउँदै हिउँदै अधिवेशनबाटै त्यो पारित हुने बताए। ‘हिउँदे अधिवेशनमा एमसीसी हुने गरी अगाडि बढाइन्छ। अनुमोदन हुन्छ, त्यसमा कोही अलमलिनुपर्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .