ad ad

राजनीति


कहिलेसम्म विस्तार भइसक्छ मन्त्रिपरिषद्? यसो भन्छन् गृहमन्त्री लामिछाने

कहिलेसम्म विस्तार भइसक्छ मन्त्रिपरिषद्? यसो भन्छन् गृहमन्त्री लामिछाने

बैठकपछि गृहमन्त्री रवि लामिछाने। तस्बिर : सरोज बैजु्/नेपालखबर


नेपालखबर
पुस १४, २०७९ बिहिबार ११:५७, काठमाडौँ

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् विस्तार गर्न अझै केही समय लाग्ने भएको छ।

नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनबीच अझै भागवण्डा मिलिनसकेकाले मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको हो।

गठबन्धनले मन्त्रिपरिषद् विस्तारलाई केही पछि धकेल्दे पहिले सरकारका न्यूनतम् साझा कार्यक्रमलाई पहिलो प्राथमिकता दिएको छ।

सातै दलको साझा विचार समेटेर गठबन्धन सरकारको साझा धारणा बनाइसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी र नागरिक उन्मुक्ति पार्टी पनि सत्ता आउने विश्वास प्रधानमन्त्री प्रचण्डले गरेका छन्।

बिहीबारको बालुवाटार बैठकले सत्ता साझेदारको संयोजकका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोकेको छ। 

बिहीबार बालुवाटारमा बसेको गठबन्धन बैठकपछि बोल्दै गृहमन्त्री रवि लामिछानेले पनि पहिले सरकारको उद्धेश्य तय गरिसकेपछि मन्त्रिपरिषद् विस्तारतिर लाग्ने बताए। 

'हामी के उद्देश्यका लागि सरकारमा आएका हौँ भन्ने पुष्टि गर्न साझा कार्यक्रम तय गर्दैछौँ। त्यसमा समर्थन गरेर पनि सरकारमा नआउनुभएका दलहरुका पनि एजेन्डा समावेश गरिनेछ', उनले भने, 'ती एजेन्डा नागरिकका एजेन्डा हुनेछन् भन्ने छ। राप्रपा अध्यक्षले पनि सरकारमा सहभागी हुने बताउनु भएको छ।'

लामिछानेले आजको बैठकमा मन्त्रिमण्डल विस्तारबारे पनि छलफल चलेको बताए। 'तर मन्त्रिपरिषद् विस्तार विश्वासको मत अगाडि या पछाडि भन्ने टुंगो भएको छैन', उनले भने, 'समझदारीका लागि हामी कोसिस गरिरहेका छौँ। हामी छलफलमै छौँ। संवाद गर्दै जाँदा मन्त्रिपरिषद् विस्तार विश्वासको मत पछाडि पनि जान सक्छ।'

उनले पुस २५ गते बस्ने संसद बैठक अगाडि नै मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने कुरा पनि भइरहेको बताएका छन्।

'यसबीचमा भागगण्डाका कुरामा पनि काम हुनेछ। विश्वासका मतका अगाडि या पछाडि हुन्छ त्यो हेरेर गर्नेछौँ', उनले भने, 'पाँच दिन प्रतीक्षा गरौँ साझा कार्यक्रम आउँछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .