ad ad

राजनीति


समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

नेपालखबर
पुस ९, २०७६ बुधबार ८:४९,

समाजवादी पाटीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै समाजवादी पार्टीका अध्यक्ष एवं ससदीय दलका नेता उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए।

बुधबार बिहान पार्टीको केन्द्रीय कार्यालयमा बालकुमारीमा बसेको पदाधिकारीको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। सोही निर्णयलाई समाजवादीले पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

‘संविधान संशोधन गर्न सरकारमा गए पनि त्यो प्रक्रियामा प्रधानमन्त्री ओली बाधक बनेपछि सरकारमा बस्नुको औचित्य नभएको भन्दै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएका हौँ’, अध्यक्ष यादवले भने। उनले अब समाजवादी पार्टी संसदको प्रतिपक्षमा रहेको बताए।

प्रतिपक्षमा रहेर संविधानलाई संशोधन गर्न परिमार्जन गर्न र सुधार गर्न आफूहरु निरन्तर रुपमा लागि पर्ने उनको भनाइ थियो।

समाजवादीबाट सरकारमा सहभागी यादवसहित मोहम्मद इस्तियाक राईले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका थिए।

उनले भने, ‘अंक गणितको हिसाबले उहाँहरुलाई असर नपरे पनि राजनीतिक मूल्य र मान्यताले नेकपा सरकारलाई ठूलो हलचल आइसकेको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .