कञ्चनपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले गृहमन्त्री रवि लामिछानेसँग खुला सीमाना व्यवस्थापनसँगै शान्ति सुरक्षाबारे छलफल गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा शनिबार भएको भेटमा उनले गृहमन्त्री लामिछानेसँग खुला सीमाना व्यवस्थापनसँगै शान्ति सुरक्षाका बारेमा छलफल गरेका हुन्।
छलफलका क्रममा प्रतिनिधिसभा सदस्य तामाङले गृहमन्त्री लामिछानेसँग कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रमा भारतीय लुटेरा समूहले गरेको लुटपाटको घटनाका बारेमा पनि कुरा राखेको जानकारी दिए।
‘नेकपा एमालेका आदरणीय अध्यक्ष केपी शर्मा ओलीज्यूसमक्ष र माननीय गृहमन्त्री रवि लामिछानेज्यूसँग बेलौरी नगरपालिका १ र २ मा पुस ६, १२ र १६ गते बिहान भारतीय लुटेराहरुले गरेको लुटपाटको विषय सीमा व्यवस्थापनसहित विविध विषयको बारेमा कुरा राखियो,’ उनले फेसबुकमा संयुक्त तस्बिर राख्दै लेखेका छन्।
बेलौरीमा शनिबार राति र आइतबार बिहान गरी स्थानीय, प्रहरी तथा सशस्त्र प्रहरीले तीन जना भारतीय लुटेराहरु पक्राउ गरेको छ।
Shares
प्रतिक्रिया