पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेलाई बधाई दिँदै देउवाले सफल कार्यकालको शुभकामना पनि दिएका छन्।
लामिछानेका सचिवालय संयोजक दिपक बोहराका अनुसार निर्मला पन्तको केशमा थप अनुसन्धान गर्न आफ्नो पहिलो निर्णय बनाएकोमा लामिछानेप्रति देउवाले खुसी व्यक्त गरेका छन्।
‘पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले नव नियुक्त उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई बधाई दिर्दै सफल कार्यकालका लागि शुभकामना दिनु भएको छ,’ बोहराले भनेका छन्, ‘साथै पुर्व प्रधानमन्त्री देउवाले निर्मला पन्तको केशमा थप अनुसन्धान गर्न आफ्नो पहिलो निर्णय बनाएकोमा खुशी व्यक्त गर्नु भएको छ।’
318
Shares
प्रतिक्रिया