ad ad

राजनीति


प्रहरीले उजुरी लिन नमानेपछि गृहमन्त्री लामिछानेलाई सिके राउतको फोन

प्रहरीले उजुरी लिन नमानेपछि गृहमन्त्री लामिछानेलाई सिके राउतको फोन

फाइल।


नेपालखबर
पुस १६, २०७९ शनिबार १८:१२, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष सिके राउतले सप्तरीमाा प्रहरीले उजुरी लिन नमानेपछि गृहमन्त्री रवि लामिछानेलाई टेलिफोन गरेर जानकारी गराएका छन्। शनिबार साँझ सामाजिक सञ्जालमाफर्त आफूले पाएको गुनासोबारे गृहमन्त्रीलाई जानकारी गराइएको उनले बताएका छन्। 

राउतले आफ्नो क्षेत्रका गुनासोको सम्बोधन गर्न कार्यालयमा गुनासो पेटिका राखेको जानकारी गराएका छन्। जसको सम्बोधन गर्नेक्रममा उनले सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो देखिएको बताएका हुन्।

‘हिजो आफ्नो क्षेत्रका गुनासो सुन्ने क्रममा सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो, र पीडित महिला कपाल खौरिदिएको पिडित महिला समेत) प्रहरीकहाँ हिम्मत गरेर जाँदा पनि प्रहरीले उजुरी लिन नमानेको विषय उठेकोले गृहमन्त्रीज्यूलाई सो बारेमा फोनमा अवगत गराएको छु,’ उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .