ad ad

राजनीति


पोखरा एयरपोर्टमा ‘प्रचण्ड मुभ’

पोखरा एयरपोर्टमा ‘प्रचण्ड मुभ’

नेपालखबर
पुस १७, २०७९ आइतबार १८:५१, पोखरा

प्रधानमन्त्री प्रचण्ड ‘मुभ’ गर्न माहिर छन्। केही दिनअघि उनले यस्तो ‘मुभ’ गरे कि, पाँचदलीय गठबन्धन ‘तासको घर’ बन्यो।

प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा उक्लिए। उनी यतिबेला रिल्याक्स मुडमै देखिन्छन्। छिटो निर्णय क्षमता उनको विशेषता हो। सार्वजनिक र निजी जीवनमा उनी यस्तो विशेषता देखाइरहेकै हुन्छन्। उनलाई बुझ्नेहरु भन्छन्,‘कठोरमा कठोर र सरलमा सरल उनको परिचय हो।’ 

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उनी ‘सरल’ देखिए। अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि उनी एकाएक भिआइपी कक्ष छाडेर आन्तरिक यात्रु कक्षतिर मोडिए। खासमा उनी सर्वसाधारणसँग विमानस्थलबारे प्रतिक्रिया लिने मुडमा रहेछन्। 

उनले आन्तरिक पर्यटकहरुसँग विमानस्थल कस्तो लाग्यो? भन्ने प्रश्न गरे। भारतको कर्नाटकबाट आएका एक पर्यटकले सुन्दर भएको संक्षित उत्तर दिए। प्रचण्ड रोकिएनन्। नजिकै प्रधानमन्त्री पाएपछि केहीले सेल्फी मोह देखाए। केहीले बधाइ दिन भ्याए। केहीले नानीबाबुसँग फोटो खिचाए।   

‘यो त विदेशमै जस्तो भयो’, पोखराका रविन अधिकारीले भने, ‘हामीले पनि विदेशमा जस्तै सर्वसाधरणसँगै हाम्रो प्रधानमन्त्री प्रचण्ड देख्न पाइयो।’

विदेशी र स्वदेशी यात्रुसँगको भलाकुसारीपछि उनी काठमाडौं फर्किए।

‘कहिल्यै प्रचण्डलाई नजिकबाट देखिएको थिइन। एकदमै सरल मान्छे हुनुहुँदो रहेछ’, काठमाडौंबाट बिदा मनाएर फर्केकी राधिका न्यौपानेले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .