ad ad

राजनीति


पार्टी एकता गर्न जसपाले बनायो वार्ता समिति

पार्टी एकता गर्न जसपाले बनायो वार्ता समिति

नेपालखबर
पुस १९, २०७९ मंगलबार २०:४८, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले विभिन्न राजनीतिक दलसँग एकता, सहकार्य तथा गठबन्धन गर्न वार्ता समिति बनाएको छ। 

नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता हुने चर्चाबीच जसपाले ती सदस्यीय वार्ता समिति बनाएको हो। 

समितिको संयोजकमा राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन्।

यी हुन् जसपाको बैठकका मुख्य ५ निर्णयहरु
जसपाको राजनीतिक समितिको बैठकले मुख्य ५ वटा निर्णयहरु गरेको छ। 

१) पार्टीका मूल सिद्धान्तहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीताको प्रतिकूल नहुने गरी सरकारले न्युनतम साझा नीति तथा कार्यक्रम ल्याएको अवस्थामा, पार्टीका माग र मुद्धा सम्बोधन हुने अवस्था देखिएमा र पावर सेयरीङमा सम्मानजनक अवस्था रहेमा पार्टी सरकारमा सहभागि हुने। 

२) विभिन्न राजनीतिक दल÷संगठनहरुसँग एकता सहकार्य तथा गठबन्धन सम्बन्धी वार्ता गर्नका लागि राजेन्द्रप्रसाद श्रेष्ठ संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन भएको छ। समितिको सदस्यहरुमा रकम चेम्जोङ र गोविन्द चौधरी छन्। 

३) क्रियाशील एवम् प्रभावकारी नरहेका पार्टीका विभिन्न समिति/संगठनहरुलाई क्रियाशील बनाउन आवश्यक्ता अनुसार विघटन, गठन/पुनर्गठन गर्नको लागि माघ मसान्तसम्मको समय सीमा दिइएको छ। 

४) निर्वाचनमा घात अन्तरघात गर्ने पार्टीका पदाधिकारी तथा सदस्यहरुमाथि जाँचबुझ र छानबिन गरी कारवाही गर्न शिवलाल थापाको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको छ। समितिको सदस्यहरुमा बालकिशोर यादव, अशोककुमार लगरवार, प्रमीला यादव र देवबहादुर दुरा रहेका छन्। 

५) पार्टी विधान अधिवेशनको लागि मस्यौदा तयार गर्न अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति गठन भएको छ। समितिको सदस्यहरुमा राजेन्द्रप्रसाद श्रेष्ठ, रकम चेम्जोङ, लालबाबु राउत, सुशिला श्रेष्ठ, शिवलाल थापा, अशेश्वर यादव, भगवती सुवेदी, दीपेन्द्र झा, वीरेन्द्र ठाकुर र दीपक राई छन्। 

बैठकमा अध्यक्षद्वको मौखिक प्रतिवेदनमा ४७ जना नेताहरुले आफ्ना धारणा राखेका थिए भने ‘न्यूनतम साझा नीति तथा कार्यक्रम र सरकारमा सहभागिता’ शिर्षकको कार्यसूचिमा २३ जना नेताहरु बोलेका थिए। 

आगामी चैत्रसम्ममा पार्टीको विधान अधिवेशन गर्ने र जेठसम्ममा पार्टीको महाधिवेशन गर्ने बैठकमा मोटामोटी सहमति भएको जसपाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .