ad ad

राजनीति


गृहमन्त्रीका दाजु हरिशरण भन्छन् : मैले उनको सचिवालयमा नियुक्ति लिएको छैन

गृहमन्त्रीका दाजु हरिशरण भन्छन् : मैले उनको सचिवालयमा नियुक्ति लिएको छैन

नेपालखबर
पुस २०, २०७९ बुधबार १३:१९, काठमाडौँ

सञ्चारकर्मी हरिशरण लामिछानेले आफूलाई गृहमन्त्री रवि लामिछानेको सचिवालयमा नियुक्त नगरिएको बताएका छन्। 

रेडियो  नेपालका मुख्य समाचार सम्पादक लामिछाने गृहमन्त्री रविका दाजु हुन्। रविले पनि पुरानै दलको जस्तै नातावाद कृपावादलाई प्रश्रय दिएको आरोप लागिरहेका बेला दाजु हरिशरणको यस्तो भनाइ आएको हो। 

'केही सामाजिक सञ्जालमा प्रकाशित, उपप्रधान तथा गृहमन्त्रीको सचिवालयमा नियुक्ति लिएको भन्ने समाचार सत्प्रतिशत गलत छ', उनले भनेका छन्, 'आजपर्यन्त म सञ्चारमाध्यममै छु। अहिले पनि रेडियो नेपालको मुख्य समाचार सम्पादकको महत्वपूर्ण जिम्मेवारीमा सक्रिय रहेको अवगत गराउँछु।'

उनले नेपाली राजनितिको विकृति 'नातावाद'लाई प्रश्रय  दिनुहुन्न भन्ने पनि आफ्नो मान्यता रहेको बताएका छन्। 'सञ्चारकर्मीको नाताले गुण र दोषको आधारमा सरकारको सटिक विश्लेषण गरिनैरहने छु', उनले भनेका छन्। 

गृहमन्त्री रविले टेलिभिजन सञ्चारकर्मका बेलादेखिका साथी दिपक बोहोरालाई सचिवालय प्रमुख बनाएका छन्। यस्तै दाजु हरिशरणलाई पनि उनले सचिवालयमा निुक्त गरेर नातावादलाई प्रश्रय दिएको आरोप लागिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .