अधिवक्ता रमन कर्णले नागरिकता विवादमा मुछिएका रवि लामिछाने गृहमन्त्री बनेपछि उनीविरुद्धको मुद्दा नै प्रभावित भएको टिप्पणी गरेका छन्।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे शुक्रवार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहसका क्रममा उनले यस्तो बताएका हुन्।
रविबारे सर्वोच्चमा प्रश्न : अमेरिकी पासपोर्टमा आएको मान्छे कसरी नेपाली हुन्छ?
'रवि लामिछाने गृहमन्त्री बन्दा मुद्दाको अनुसन्धान नै प्रभावित हुने अवस्था देखिएको छ', उनले भने, 'यसको उदाहरण जिल्ला प्रशासन कार्यालयको लिखित जवाफबाट देखिइसकेको छ। रवि लामिछाने गृहन्त्री भएपछि अनुसन्धान प्रभावित भइसकेको छ।'
कर्णले यसअघि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सामान्य आरोप लाग्दा पनि राजीनामा दिएको प्रसंग निकाले।
'तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि सामान्य आरोप लाग्दा पनि अनुसन्धानका लागि राजीनामा दिएका थिए', उनले भने, 'रवि लामिछानेलाई पनि यो मुद्दाको किनारा नलागेसम्म अन्तरिम आदेश दिएर मन्त्रीबाट हटाउनुपर्छ।'
तर कर्णको उक्त तर्कमा हस्तक्षेप गर्दै संवैधानिक इजलासका सदस्य एवम् न्यायाधीश ईश्वर खतिवडाले अन्य उदाहरण नदिनु भन्दै रोकका थिए।
Shares
प्रतिक्रिया