ad ad

राजनीति


हरिवन–७ मा पुनःमतगणना गर्न आदेश, अदालतमै मतपत्र झिकाएर गन्ने

हरिवन–७ मा पुनःमतगणना गर्न आदेश, अदालतमै मतपत्र झिकाएर गन्ने

फाइल तस्बिर।


नेपालखबर
पुस २३, २०७९ शनिबार २१:४१, काठमाडौँ

सर्लाहीको हरिवन नगरपालिका–७ को वडाध्यक्षको मत पुनःगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ।

हरिवन नगरपालिका–७ का वडा अध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको हो।

उच्च अदालत जनकपुरका न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा (पाण्डे)को संयुक्त इजलासले पुनः मतगणनाका लागि आदेश दिएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा नेकपा ९एमाले०का नीरध्वज कार्की निर्वाचित भएका थिए। 

निर्वाचन अधिकृतको कार्यालयको गणनाअनुसार कार्कीले तीन सय ७९ मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टीकाजङ्ग थापा९अशोक०ले तीन सय ७८ मत प्राप्त गरेका थिए। 

कांग्रेसका थापाले तत्कालै पुनःमतगणनाको अन्तरिम आदेश जारीको मागसहित रिट दायर गरेका थिए। 

वडा अध्यक्षका रुपमा हाल कार्की कार्यरत छन्। पुनः मतगणनाको आदेशपछि अब उच्च अदालतमै मतपत्र झिकाएर गणना गरिने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .