ad ad

राजनीति


टालाटुली बटुलीको यो सरकारले केही गर्दैन : रामहरि खतिवडा

टालाटुली बटुलीको यो सरकारले केही गर्दैन : रामहरि खतिवडा

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०७९ सोमबार १२:५१, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले नेकपा माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई टालाटुली बटुलीको संज्ञा दिएका छन्।

मंसिर ४ मा निर्वाचित संसदको सोमबार पहिलो बैठक बस्नु्अघि उनले संसद भवन परिसरमा यस्तो बताएका हुन्।

खतिवडाले सरकार गठन भएको १५ दिन बितिसक्दा पनि मन्त्रीहरु बेरोजगार भएर बसेको पनि बताएका छन्। 

'मन्त्रीहरु सुन्तला खाएर घाम तापेर बसेका छन्। काम पाएका छैनन्। गठबन्धन दलहरु पनि साततिर मुख फर्काएर बसेका छन्', उनले भने, 'टालाटुली बटुलीको सरकारले यो कुरा केही गर्दैन।'

उनले उप्रधानमन्त्री विष्णु पौडेलतिर लक्षित गर्दै बालुवाटार प्रकरणमा जो मुछिएको उसैले भ्रष्टाचार रोक्ने जिम्मा भएको उल्लेख गरे।

'बालुवाटारमा जो मुछिएको थियो, सबैभन्दा धेरै जोडिएको थियो उसकै नेतृत्वमा समिति बनाएइछ', उनले भने।

खतिवडाले कांग्रेस रचनात्मक रुपमा प्रतिपक्षमा बस्ने पनि बताए। 'कांग्रेस रचान्तमकरुपमा ढुंगामुढा नगरी संसदमा ब्रिफकेस नफुटाइ जनतामाझ आवाज उठाउँछ', उनले भने, 'हामी रचनात्मक रुपमा जनताका कुरा संसदम उठाउछौँ।'

खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीतिर लक्षित गर्दै संविधान पोलेर खाएको आरोप लगाए। 

'राष्ट्रपतिले संविधान मिच्ने काम गरेकी छन्। हामीले बनाएको संविधानलाई राष्ट्रपतिले पोली खाने काम गरेकी छन्', उनले भने, 'हामीले बनाएको संविधानलाई राष्ट्रपतिले पटक पटक च्यातेकी छन्। राष्ट्रपति संविधानले चलाउने कि संविधान उनले चलाउने अलमल भएको छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .