ad ad

राजनीति


सबै राजनीतिक दल र विचार मिले मात्रै देशले निकास पाउने जनादेश प्राप्त भयो : सांसद लिङ्देन

सबै राजनीतिक दल र विचार मिले मात्रै देशले निकास पाउने जनादेश प्राप्त भयो : सांसद लिङ्देन

राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देन। तस्बिर : सरोज बैजू


नेपालखबर
पुस २५, २०७९ सोमबार १४:३०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राजनीतिक दल र विचार मिलेर मात्रै देशले निकास पाउने जनादेश प्राप्त भएको बताएका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मंसिर ४ को निर्वाचनबाट सबै राजनीतिक दल र विचार मिलेरमात्रै देशले निकास पाउने जनादेश प्राप्त भएको बताएका हुन। 

‘सबै राजनीतिक दलहरु र सबै विचार मिलेरमात्र यो देशको निकास हुन सक्छ। यो समस्याको समाधान हुन सक्छ भन्ने जनादेश छ,’ लिङ्देनले भने, ‘र, मलाई विश्वास छ हामी आगामी दिनमा जनताको अभिमतलाई सम्मान गर्दै अगाडि जान सक्षम हुनेछौँ।’ 

उनले जनताले कुनै एउटा दलमाथि पूर्ण विश्वास गर्न नसकेको पनि बताए। कुनै पनि राजनीतिक दल एक्लै अगाडि जान नसक्ने र कसैले पनि कुनै दल र विचारलाई निषेध गरेर जान नसक्ने लिङ्देनको भनाइ थियो।    

‘अहिलेको संसद, अहिलेको जनादेशलाई हामीले हेर्‍यौँ भने यो संसद् एउटा यस्तो जनादेशको प्रतिविम्ब छ कि जनताले कुनै एउटा दलमाथि पूर्ण विश्वास गर्न सकेन,’ उनले भने, ‘र, यो जनादेशले भन्यो कि तिमी कुनै पनि राजनीतिक दल एक्लै अगाडि जान सक्दैनौं र कुनै पनि राजनीतिक दल र विचारलाई निषेध गरेर जन सक्दैनौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .