ad ad

राजनीति


कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रचण्डलाई विश्वासको मत दिने वा नदिने निर्णय गर्ने

कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रचण्डलाई विश्वासको मत दिने वा नदिने निर्णय गर्ने

नेपालखबर
पुस २६, २०७९ मंगलबार ७:२४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासका मत दिने कि नदिने भन्ने विषयमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आज निर्णय गर्दै छ।  

त्यसका लागि अहिले बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा  संसदीय दलको बैठक बस्ने कांग्रेसका प्रवक्ता प्रकाशरण महतले जानकारी दिएका छन्। यसअघि पदाधिकारी बैठक बस्नेछ। 

सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड धुम्बाराही पुगेर कांग्रेस सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए। जवाफमा देउवाले आज बिहान पार्टी (पदाधिकारी तथा संसदीय दल) मा छलफल गरेर  निर्णय दिन्छु भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .