आफूलाई विश्वासको मत दिएकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाका सांसद तथा सिंगो संसद्प्रति विशेष आभार प्रकट गरेका छन्।
आज बसेको प्रतिनिधिसभाका बैठकमा २७५ सांसदमध्ये २६८ जनाले प्रधानमन्त्री प्रचण्डका पक्षमा मतदान गरे। २७० सांसद मतदानमा सहभागी भएकामा २ जनाले मात्र विपक्षमा मतदान गरे।
आफूप्रति गरेको विश्वासलाई इमान्दारीपूर्वक सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले प्रकट गरेका छन्।
‘प्रतिनिधिसभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गर्नुभएकोमा माननीय सदस्यहरू र सिंगो संसदप्रति विशेष आभार व्यक्त गर्दछु’, प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तपाईंहरूको यो विश्वासप्रति इमान्दार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने संकल्प गर्दछु।’
48
Shares
प्रतिक्रिया