नेपाली कांग्रेसले प्रतिनिधि सभा सभामुखका उम्मेदवार ईश्वरी न्यौपानेको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ।
संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बुधबार सूचना प्रकाशित गरी सभामुखको निर्वाचनका क्रममा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।
साथै उनले सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिएका छन्।
सभामुखको निर्वाचनका लागि भोलि (माघ ५ गते) विहान ११ः०० बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्ताव पेश गर्ने कार्यक्रम छ।
57
Shares
प्रतिक्रिया