नेकपा एमालेका महासचिव शकर पोखरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिमा दाबी गर्नु अर्थहीन हुने बताएका छन्। कांग्रेस अहिले दिशाहीन अवस्थाको पार्टी भएकोले सुरुमा आफ्नो पोजिसन प्रष्ट पारेर मात्र अघि बढ्न पोखरेलले आग्रह गरेका छन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले कांग्रेसले राष्ट्रपतिमा दाबी गर्न नहुने बताएका हुन्।
‘अहिले कांग्रेस न सत्ता पक्ष न प्रतिपक्ष जस्तो देखिएको छ। कांग्रेस अहिले दिशाहीन अवस्थाको जस्तो देखिएको छ। यसले पहिला आफनो पोजिसन प्रष्ट पर्न आवश्यक छ।’ उनले भने।
नेपालको लोकतान्त्रिक आन्दोलनको पुरानो पार्टी यस प्रकारको अवस्थामा रहनु दुःखद रहेको पनि उनले बताए।
‘उसले सत्ता पक्षका रूपमा घोषणा गर्नुपर्यो अहिले सम्म उसले प्रतिपक्ष भनेर दाबी गर्दै संसद सचिवालयमा पत्र पठाएको छ। कांग्रेसले आफू पहिला सच्चिनु पर्यो अनि मात्रै दाबी गर्न मिल्छ’, पोखरेलले भने।
राष्ट्रपतिको चुनावको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहार नकारात्मक नभएको उनको दाबी रहेको छ।
प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको समेत उनले बताएका छन। ‘राष्ट्रिय सहमति खोज्नुको अर्थ प्रतिपक्षलाई दिनुभन्ने होइन’, उनले भने, ‘प्रधानमन्त्रीले पनि सत्ता गठबन्धनभित्र बाट नै राष्ट्रपति होस भन्ने चाहनु भएको छ।’
राष्ट्रपतिमा एमालेको उम्मेदवार हार्छ भन्ने कल्पाना नै गर्न नसिके उनको तर्क छ।
संघ देखी प्रदेशसम्मै गठबन्धनको सरकार रहेकाले कांग्रेसले सत्ताबाहिर रहँदा अस्थिरता ल्याउन लागेको आरोप पनि लगाए।
रवि लामिछानेलाई गृहमन्त्री बनाउन बालकोटले दाबा दिइरहेको छ नि? भन्ने पत्रकारको प्रश्नमा महासचिव पोख्रेलले दबाब नदिएको बताए।
गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पाटी बिच छलफल भएर मात्रै टुङ्गिने उनको भनाइ रहेको छ।
रवि लामिछानेको मुद्दाको फैसला प्रति असन्तुष्टि व्यक्त गरेका छन्।
न्यायालयको भूमिका निष्पक्ष नभएको उनले बताएका छन्। न्यायालय भनेको निष्पक्ष हुनु पर्ने उनको तर्क रहेको छ।
Shares
प्रतिक्रिया