ad ad

राजनीति


प्रधानमन्त्रीले गृहमन्त्री नियुक्तिमा ढिला गर्नु हुँदैन : ठाकुर गैरे

प्रधानमन्त्रीले गृहमन्त्री नियुक्तिमा ढिला गर्नु हुँदैन : ठाकुर गैरे

संसद भवन परिसरमा एमाले सांसद ठाकुर गैरे। तस्बिर : नेपालखबर


नेपालखबर
माघ १८, २०७९ बुधबार १८:५२, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री नियुक्तिमा ढिलाइ गर्न नहुने बताएका छन्। 

सत्तारुढ दलहरुसँग समझदारी गरेर प्रधानमन्त्री दाहालले गृहमन्त्री नियुक्ति गर्नुपर्ने उनको भनाइ थियो। 

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा सांसद गैरेले सत्तारुढ दलहरुको सहमतीमा गृह मन्त्रालय कुन पार्टीले पाउने निर्धारण हुने समेत बताए। 

‘भएको गृहमन्त्री विदा हुनु भएको छ । अब नयाँ गृहमन्त्री नियुक्ती प्रधानमन्त्रीले छिट्टै गर्नु हुन्छ। हिजो सहमति हुँदा त्यो मन्त्रालय जति पटक मन्त्रीमण्डल परिवर्तन भए पनि सम्बन्धित पार्टीकै हुनेछ भन्ने सहमति भएको हो वा होइन? खुलेको छैन', उनले भने, 'तर पनि यो सरकारमा संलग्न दलहरुबीच छलफल भएर समझदारीसहित गृह मन्त्रालयबारे टुंगो हुन्छ।’

सर्वोच्च अदालतको शुक्रबारको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .