ad ad

राजनीति


सत्तामा जान नपाउँदा कांग्रेस पानीबिनाको माछा जस्तै भयो : केपी ओली

सत्तामा जान नपाउँदा कांग्रेस पानीबिनाको माछा जस्तै भयो : केपी ओली

संसद बैठकमा बोल्दै एमाले अध्यक्ष ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
माघ २२, २०७९ आइतबार १४:२०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सत्तामा जान नपाएर छटपटाइरहेको बताएका छन्।

प्रतिनिधिसभाको आइतवार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले कांग्रेसमाथि प्रहार गरेका हुन्। 

पुस १० मा आफ्नो पहलमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेदेखि कांग्रेसमा छटपटी भएको बताएका छन्। 

'मंसिर ४ को निर्वाचनको परिणामपछि कांग्रेसले सरकार बनाउने पहलकदमी लिन सकेन', उनले भने, 'त्यहीकारण मैले पहलकदमी लिएर सानासहितका दलहरु जुटाएर यो सरकार बनाएका हौँ। यो सरकार बनेदेखि देशमा उत्साह जागेको छ। तर देशलाई फेरि अस्थिरतातिर लाने खेल हुन थालेको छ।'

उनले कांग्रेस संसदमा खेलेको भूमिकालाई विचित्रको संज्ञा दिए। पुस २६ मा प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको र एमाले उम्मेदवारहरुविरुद्ध उम्मेदवार उठाएको प्रसंग जोडेर उनले यस्तो बताएका हुन्। 

'कांग्रेसले संसदमा खेलेको भूमिका विचित्रको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिएर एमालेविरुद्ध उम्मेदवारी दिन छाडेको छैन', उनले भने, 'अहिले कांग्रेसले आफूलई न सत्ता पक्ष न प्रतिपक्ष भन्न सकेको छ। कांग्रेस पानीबाहिरको माछा जस्तै भएको छ।'

उनले कांग्रेसतर्फ लक्षित गर्दै लामो समयदेखि कुनै सरकार पाँच वर्ष टिक्न नसकेकाले अब देशलाई अस्थिरतातिर धकेल्ने कोसिस नगर्न पनि चेतावनी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .