नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीमा राजारानीको जस्तै तामझाम देखिएको बताएकी छन्।
आइतवार बसेको संसद बैठकको शून्य समयमा बोल्ने क्रममा उनले यस्तो बताएकी हुन्। यादवले राष्ट्रपतिको सवारीका कारण सर्वसाधारणले अनेक दुख पाएको भन्दै आक्रोश पोखिन्।
'राष्ट्रपतिको सवारीमा पनि राजारानी जस्तै तामझाम गरियो', उनले भनिन्, 'यसका कारण जनताले दु:ख पाए। यस्तै हो भने हामीले दु:ख गरेर ल्याएको लोकतन्त्रको के अर्थ रह्यो?'
93
Shares
प्रतिक्रिया