नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको चलखेल सुरु भएकाे बताउँदै यसप्रति सतर्क बन्न आग्रह गरेका छन्।
पूर्वराजा शाहको सहभागितामा झापाको मेची नदी किनारमा आयोजित कार्यक्रमप्रति संकेत गर्दै अध्यक्ष नेपालले प्रतिगमनको सुरुवात हुन लागेको बताएका हुन्।
पूर्वराजा शाह अभियन्ता दुर्गा प्रसाईंले यही फागुन १ गते आयोजना गरेको ‘नागरिक बचाउ महाअभियान’को उद्घाटनमा सहभागी भएका थिए। मेचीनगर–६ प्यारीभिट्टास्थित बसपार्कमा आयोजित कार्यक्रममा पूर्वराजा शाह पुग्दा सहभागीहरूले जयजयकार गरेका थिए। कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस शाह, पूर्वराजकुमारी शिताष्म शाह सहभागी भएका थिए। कार्यक्रमको उद्घाटन गरे पनि पूर्वराजा शाहले सम्बोधन भने गरेरनन्।
सोही कार्यक्रमलाई लक्ष्य गरी एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रतिगमन सलबलाउन लागेकाे बताएका हुन्।
‘प्रतिगमनको दिशातर्फको यात्रा हुन लागेको संकेत मेची नदीको किनारबाट हामी सबैले पाइसकेका छौं। अब हामी सतर्क बनौं’, कास्कीमा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले भने, प्रतिगमनको पक्षमा को को? अग्रगमनको पक्षमा उभिने को को? अग्रगमनको पक्षमा उभिनेहरू एकताबद्ध हौँ।’
Shares
प्रतिक्रिया