नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई सपोर्ट गर्न नमिल्ने बताएका छन्।
निजी निवास बालकोटमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।
‘उहाँ(प्रचण्ड)ले सपोर्ट गर्दै गर्नुहुन्न, गर्नै मिल्दैन,’ सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले भने, ‘किनभने हामीसँग उहाँले पुस १० गते नै सम्झौता गरिसक्नुभएको छ।’
राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूबीच दौडधुप चलिरहेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेसँगै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सक्रिय भएका छन्।
93
Shares
प्रतिक्रिया