ad ad

राजनीति


राष्ट्रपतिमा रामचन्द्र पौडेलेको नाममा सहमति जुट्ने जनार्दन शर्माको संकेत

राष्ट्रपतिमा रामचन्द्र पौडेलेको नाममा सहमति जुट्ने जनार्दन शर्माको संकेत

फाइल।


नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १५:२०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति भइसकेको संकेत गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकबाट बाहिरिने क्रममा उनले शुक्रबार बिहान बालुवाटारमा सम्पन्न चार दलको बैठकमा राष्ट्रपति उम्मेदवारमा कांग्रेस नेता पौडेलको नाममा सहमति भइसकेको संकेत गरेका हुन्।

रामचन्द्र पौडेलका नाममा सहमति भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उपमहासचिव शर्माले भने, ‘पक्कै पनि त्यही हो।’

उनले बेलुकी ५ बजे बस्ने बैठकमा समग्र एजेन्डामा छलफल गरेर निर्णयमा पुगिने पनि बताए। 

‘अब ५ बजे राष्ट्रपति मात्र होइन समग्र एजेन्डमा कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल भएर टुंगिने अवस्थामा छ,’ शर्माले भने, ‘अबको गठबन्धनको सरकार कसरी जान्छ भनेर छलफल गर्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .