अछामको पञ्चदेवल विनायक नगरपालिका–८ मा आगलागीमा परेर गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। उनीहरुलाई नेपाली नेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।
फागुन ११ गते घरमा नै आगलागीमा परेका स्थानीय २१ वर्षका हिमराज रोका मगर र १९ वर्षका पिरम रोकामगरलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।
यसअघि उनीहरुलाई सुर्खेत अस्पतालमा भर्ना गरिएको हो।
घाइतेमध्ये हिमराज रोका मगरको शरीरको ८० प्रतिशत भाग जलेको छ भने पिरम रोकामगरको ३६ प्रतिशत जलेको छ।
18
Shares
प्रतिक्रिया