ad ad

राजनीति


जसपाको ‘अन्तर्घात’ छानबिन समितिले प्रतिवेदन बुझाउँदै

जसपाको ‘अन्तर्घात’ छानबिन समितिले प्रतिवेदन बुझाउँदै

नेपालखबर
फागुन १५, २०७९ सोमबार १४:२४, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेकाहरुमाथि छानबिन गरी तयार पारिएको प्रतिवेदन पार्टीलाई बुझाउन लागिएको हो। 

पुसमा सम्पन्न राजनीतिक समितिको बैठकले कार्यकारिणी समिति सदस्य शिवलाल थापा नेतृत्वको छानबिन समितिलाई निर्वाचनमा अन्तर्घातको आरोप लागेका केन्द्रीय तहका नेताहरुमाथि छानबिन गर्न माघ मसान्तसम्मको समय सीमा दिएको थियो।

तर समितिलाई समितिको आग्रह अनुसार फागुन १५ गतेसम्मको समय थप गरिएको थियो।

समितिले आफ्नो काम सम्पन्न गरी प्रतिवेदन बुझाउन लागेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .