नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिका लागि सबै कोणबाट उपयुक्त पात्र भएको बताएका छन्।
कांग्रेसका नेता पौडेललाई राष्ट्रपति पदमा निर्वाचित गराउन कोशी प्रदेश सभा सदस्यका लागि आज विराटनगरमा आयोजित अभिमुखीकरण कार्यकममा बोल्दै महराले यस्तो बताएका हुन्।
उनले गणतन्त्रको रक्षाका लागि रामचन्द्र पौडेल नै उपयुक्त पात्र रहेको समेत बताए।
महराले दलहरुबीच यसअघि भएको शान्ति प्रकियाको बाँकी कार्यभार पूरा गर्न पनि राष्ट्रपति पदमा ८ दलीय गठबन्धन आवश्यक परेको बताए।
अभिमुखीकरण कार्यकममा कांगेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीमा आवद्व प्रदेश सभा सदस्यहरुको सहभागिता रहेको थियो।
48
Shares
प्रतिक्रिया