राष्ट्र संघीय सुरक्षा परिषदको अस्थायी सदस्यका लागि नेपालले भारतलाई समर्थन गरेको छ।
सन् २०२१–२२ का लागि नेपालसहित ५५ वटा देशले भारतलाई सर्वसम्मतिले समर्थन गरेको हो। संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि सयेद अकबरुद्दिनले ट्विट गर्दै सबैलाई धन्यवाद दिएका छन्।
‘सर्वसत्तम कदम’ अकवरुद्दिनले आफ्नो ट्विटमा भनेका छन्, ‘राष्ट्र संघको एशिया प्रशान्त समूह सुरक्षा परिषदको दुई वर्षे कार्यकाल २०२१/२२ को भारतको उम्मेदवारीलाई सर्वसम्मत गरेको छ। सबै ५५ देशहरुलाई उनीहरुको समर्थनका लागि धन्यवाद।’
एशिया प्रशान्त समूहका पाकिस्तान पनि रहेको छ। राष्ट्र संघमा दस अस्थायी सदस्य छानिन्छ। प्रत्येक वर्ष राष्ट्र संघीय महासभाले पाँच अस्थायी सदस्यको छनोट गर्छ। यसअघि भारत सात पटक सुरक्षा परिषदको अस्थायी सदस्य भैसकेको छ।
संयुक्त राष्ट्र संघको पुनसंरचना गरेर आफूले पनि सुरक्षा परिषदको स्थायी सदस्य पाउनु पर्ने माग भारतले गर्दै आएको छ।
प्रतिक्रिया