मोरङको रंगेलीमा बुधबार अपरान्ह परेको चटयाङ लागेर दुईजनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार अपरान्ह दुई बजेर ५० मिनेटमा हावाहुरी सहित चटयाङ पर्दा रंगेलीका १४ वर्षीय अभत श्रृषिदेव र अनिल श्रृषिदेवको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली बजारमा घुम्दै रहेका अभत र अनिल चटयाङको चोटले सडकमा ढलेका थिए। स्थानीयहरुको सहयोगमा प्रहरीले तत्काल दुबैलाई रंगेली अस्पताल पु-याइएको थियो।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठका अनुसार दुबैको उपचारका क्रममा मृत्यु भएको हो। उनका अनुसार चिकित्सकहरुले तीन बजेर ४० मिनेटमा मृत घोषणा गरेका थिए।
अभत र अनिल छिमेकी भएको र मिल्ने साथी रहेको प्रहरीले जनाएको छ।
6
Shares
प्रतिक्रिया