ad ad

राजनीति


राष्ट्रपति निर्वाचन : रास्वपा पनि खुलेपछि रामचन्द्र पौडेलको पक्षमा १० दल

राष्ट्रपति निर्वाचन : रास्वपा पनि खुलेपछि रामचन्द्र पौडेलको पक्षमा १० दल

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १४:४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समर्थन गरेपछि राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा १० दल बनेका छन्। 

यसअघि नेपाली कांग्रेससहितको नौ दलीय गठबन्धनका साझा उम्मेदवारका रुपमा पौडेलले उम्मेदवारी दिएका थिए। राष्ट्रपति चयनको मतदान जारी छ। ३ बजेसम्मको समय तोकिएको छ

बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले लोकतन्त्र जोगाउनेको पक्षमा भन्दै रामचन्द्रलाई मत दिने निर्णय गरेको थियो। यद्यपि रास्वपाले आफ्नो निर्णय बाहिर सार्वजनिक गरेको थिएन।

‘हामीले लोकतन्त्र जोगाउने पक्षमा मत दिने निर्णय गरेका छौँ,’ ती सांसदले नेपालखबरसँग भने।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकताीनन्त्रक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा थिए। अब रास्वपा समेत थपिएका हुन्।

स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहले सार्वजनिक  निर्णय गरेका छैनन्। तर, उनीहरु गठबन्धनकै पक्षमा छन्।

राप्रपा र नेपाल मजदूर किसान पार्टीले भने कुनै उम्मेदवारालार्य पनि मत नदिने निर्णय गरेका छन्।

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवास नेम्वाङ र पौडेलबीच प्रतिस्पर्धा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .