काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले ठेलागाडामा गरिने व्यवसायलाई निरुत्साहन गरिरहेका बेला पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने प्रोत्साहन गरेका छन्।
उनले आज पार्टी कार्यालय (च्यासल, ललितपुर) बाट घर (बालकोट, भक्तपुर) फर्किंदै गर्दा बाटा (कहाँनेर भनेका छैनन्) मा ठेलागाडामा बेचिरहेको पोलेको मकै खाएर खुसी व्यक्त गरेका हुन्।
त्यसका तस्बिरसहित एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कुल छुटेर फर्किंदै गरेका नानीबाबुहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो, नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनुभएको रैछ, पोलेको मकै खाएँ। एकदम मज्जा लाग्यो।’
उनको यो पोस्टले २ घण्टामा २३ हजार रियाक्ट पाइसकेको छ भने एमालेका अन्य नेतालगायत सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि त्यो तस्बिर सेयर गरिरहेका छन्।
ओलीको पोस्टमा कमेन्ट गर्दै कतिपयले यो मेयर बालेन शाहलाई स्याटर हानेको पनि लेखेका छन्।
Shares
प्रतिक्रिया