ad ad

राजनीति


तत्काल सरकारमा जाने तयारी छैन  : रवि लामिछाने

तत्काल सरकारमा जाने तयारी छैन  : रवि लामिछाने

नेपालखबर
फागुन २९, २०७९ सोमबार १०:४६, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन्। 

सोमबार बिहान चितवनमा पत्रकारसँग कुरा गर्दै लामिछानेले अहिले आफ्नो पार्टीले परिस्थितिको मूल्याङ्कन गर्नेकाम मात्रै गरिरहेको बताए। 

‘सरकारमा जाने तयारी गरेको छैन,’ छामिछानेले भने, ‘यतिबेला हाम्रो पार्टी परिस्थितिलाई मूल्यांकन मात्रै गरिरहेको छ।’ 

सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सरकारमा सहभागी हुने उनको भनाई थियो। ‘अहिले सरकारमा जाने या नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन,’ उनले भने।

रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियालिरहेको उनले बताए।

आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको भन्दै लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको स्पष्टीकरण दिए। 

सरकारलाई अब समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र छलफल गर्न बाँकी रहेको उनको भनाई थियो।

आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारीमा आफू लागेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .