ad ad

राजनीति


उपराष्ट्रपति निर्वाचन : रामसहायको पक्षमा मत हाल्न कांग्रेसको निर्देशन

उपराष्ट्रपति निर्वाचन : रामसहायको पक्षमा मत हाल्न कांग्रेसको निर्देशन

नेपालखबर
चैत १, २०७९ बुधबार १२:१०, काठमाडौँ

नेपाली कांग्रेसले उपराष्ट्रपतिको निर्वाचनमा रामसहाय प्रसाद यादवको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चैत ३ गते हुने निर्वाचनमा यादवको पक्षमा मतदान गर्न संघीय र प्रदेश सभाका सांसदहरुलाई निर्देश्न दिएको हो।  

बैठकले जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति सदस्य यादवलाई समर्थन गर्दै पार्टीका सांसदहरुलाई उनको पक्षमा मतदान गर्न निर्देशन दिने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

बैठकले आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ लगायतका उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारीका उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देशन गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .