ad ad

राजनीति


स्ववियु निर्वाचन : कर्णालीका ९ क्याम्पसको नतिजा, को कहाँ विजयी?

स्ववियु निर्वाचन : कर्णालीका ९ क्याम्पसको नतिजा, को कहाँ विजयी?

नेपालखबर
चैत ५, २०७९ आइतबार २२:२०, सुर्खेत

हालसम्म कर्णालीका आठवटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ।

जसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वविय)ले चार र नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पाँच स्थानमा विजय प्राप्त गरेका छन्।

अनेरास्ववियुको तर्फबाट सुर्खेतको सिम्ता बहुमुखी क्याम्पसमा घनश्याम रेग्मी, अमरदीप क्याम्पसमा अनुप ढकाल र भेरी क्याम्पस गुमीमा शक्ति पौडेल विजयी हुँदा हिमशिखर बहुमुखी क्याम्पसमा सिर्जना रसाइली निर्विरोध निर्वाचित भएकी छन्।

यस्तै, नेविसंघका तर्फबाट दैलेखको चामुण्डा क्याम्पसमा सुनिल शाही, मुगुको रारा बहुमुखी क्याम्पसमा राज तामाङ्ग र कालिकोटको नन्दादेवी बहुमुखी क्याम्पसमा जुनिता विष्ट, डोल्पको डोल्पो क्याम्पस खिमबहादुर रोयका र सुर्खेतको गुर्भाकोट बहुमुखी क्याम्पसमा गोपाल खड्का स्ववियु सभापतिमा विजयी भएकी छन्।।।

अन्य क्याम्पसहरुको नतिजा आउने क्रम जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .