ad ad

राजनीति


संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि संशोधनको तयारी थाल्न ओलीको निर्देशन

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि संशोधनको तयारी थाल्न ओलीको निर्देशन

फाइल फोटो


नेपालखबर
चैत ६, २०७९ सोमबार १४:२५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रस्तुत संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न सांसदहरुलाई निर्देशन दिएका छन्।

सोमवार संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका सांसदहरुलाई यस्तो निर्देशन दिएका हुन्।

उनले प्रस्तुत विधेयकमा कुनकुन बुँदामा बोल्ने भन्ने बारेमा संसदमा जानकारी गराइने र सो बारेमा आफूले गहन अध्ययन गरेर विधेयकमा संशोधन हाल्ने तयारी थाल्न निर्देशन दिए। उनले संसदमा पार्टीका सांसदहरुको एकै स्वर र एकै बोली हुनुपर्ने भन्दै आफ्नो आफ्नो तरिकाले नबोल्न पनि आग्रह गरे।

उनले संसदको मर्यादा कायम गरेर संसदीय गतिविधिलाई अघि बढाउनुपर्ने बताए। अध्यक्ष ओलीले आफूहरु संसदमा प्रस्तुत विधेयक त्रुटीरहीत, जनताको पक्षमा र लोकतन्त्र, विकास, स्वच्छताको पक्षमा बनाउने पक्षमा रहेको बताए। 

उनले भने, ‘हामीले एकथरी बोल्ने हो, आफैँ आफैँ जान्ने भएर अनेकथरी भाषा ननिकालौँ, हामीले बोल्दा सबैले एक खालको बोलौँ। एक तालमा बोलौँ। त्यो दरो हुन्छ। हामीले आफ्नो संसदीय दलको मर्यादा राख्नुपर्छ। हामीले संसदको मर्यादा पालना गर्नुपर्छ। संसदमा अब विभिन्न विधेयकहरु आइरहेका छन्। हामी विधेयक त्रुटीरहीत बनाउन चाहन्छौँ। देशका पक्षमा बनाउन चाहन्छौँ। जनताको पक्षमा बनाउन चाहन्छौँ। लोकतन्त्र, विकास, स्वच्छताको पक्षमा बनाउन चाहन्छौँ। त्यसकारण हामीले संशोधन पनि हाल्छौँ।’ 

उनले थपे, ‘संशोधन हालेर छलफल गरेर अघि बढ्छौँ। हामी टीआरसीको सम्बन्धमा यसरी नै संशोधन हालेर छलफल गर्छौं। कुनकुन बुँदाहरुमा छलफल गर्ने बताइन्छ, त्यही अनुसार टिपेर आउनुहोला, बिर्सिनसक्छौँ। कस्तो संशोधन के भन्नेकुरामा छलफल गर्नेछौँ।’

अध्यक्ष ओलीले सांसदहरुले आफूले रुचाएको समितिमा आफूले योगदान दिनेगरी छानेर संसदीय समितिमा सहभागी हुन आग्रह गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .