नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भारतीय उपराष्ट्रपति जगदीप धनाखरले बधाई दिएका छन्।
सोमबार पदभार ग्रहण गरेकै दिन भारतीय उपराष्ट्रपति धनाखरले यादवलाई बधाई दिएका हुन्।
बधाईका क्रममा उनले नेपाल-भारतसम्बन्धलाई यादवको कार्यकालमा अझै उचाइमा पुर्याउन सहयोग मिल्ने पनि बताएका छन्।
'अद्वितीय र बहुआयामी भारत-नेपाल सम्बन्धलाई अझै मजबुत बनाउन र हाम्रा जनताबीचको मित्रतालाई अझे गहिरो बनाउन मिलेर एकसाथ काम गर्न हामी तयार छौँ', उनले भनेका छन्।
15
Shares
प्रतिक्रिया