ad ad

राजनीति


राजा-महाराजाहरुले गौतमबुद्ध नेपालमै जन्मिएका हुन् भनेरसमेत भन्न सकेनन्ः प्रचण्ड

राजा-महाराजाहरुले गौतमबुद्ध नेपालमै जन्मिएका हुन् भनेरसमेत भन्न सकेनन्ः प्रचण्ड

नेपालखबर
पुस १९, २०७६ शनिबार ९:१३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पछिल्ला राजा-महाराजाहरू देशभक्त नभएको आरोप लगाएका छन्।

शनिबार अन्नपूर्ण काठमाडौं समाजको तेस्रो साधरणसभालाई सम्बोधन गर्दै उनले राजा-महराजाहरु देशभक्त नभएका कारण विदेशी शक्तिसँग घुँडा टेकेको आरोप लगाएका हुन्।

‘नेपाली वीर गोर्खालीका रूपमा परिचित रहेको बेलामा पछिल्लो समयका केही राजा महाराजाहरूले विदेशी शक्तिको अगाडि घुँडा टेके’, उनले भने, ‘त्यसैले गर्दा आफ्नो वीरताको ठाउँहरूको समेत चर्चा गर्न चाहेनन्।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अंग्रेज ब्रिटिस कर्नेलको नेतृत्वमा आएको करिब २४ सयको नेतृत्वलाई नेपाली हतियारकै माध्यमबाट ५०र६० जनाले घुँडा टेकाएको भए पनि त्यो वीरताको शक्तिलाई समेत उनीहरूले लुकाउन खोजेको बताए।, उनले राजा महाराजाहरुले गौतम बुद्ध नेपालमै जम्मिएको र लुम्बिनी नेपालकै भएको समेत भन्न नसकेको समेत बताए।

अध्यक्ष प्रचण्डले देश परिवर्तनका नायकहरूलाई कसरी दबाब दिन सकिन्छ भनेर केही शक्ति सक्रिय भएर लागेको बताए। त्यसबाट आफूहरू जोगिनुपर्ने उनको भनाइ थियो। उनले आफूले दुईपटक देशको नेतृत्व गरेको र त्यसपछि आफू निरन्तर समृद्ध नेपाल निमार्णको अभियानमा जुटको प्रस्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .