नेकपा एमालेका सांसद् रघुजी पन्तले नेपालको अहिलेको व्यवस्थाअनुसार राष्ट्रपतिका लागि कुनै सल्लाहकार नचाहिने बताएका छन्।
आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।
उनले केही दिनअघी राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र र भारतका राजदूतलाई भेट्ने क्रममा परराष्ट्र सल्लाहकारका नाममा डा. सुरेशचन्द्र चालिसेको नाम आएको बताउँदै त्यसो हो भने त्यो बेठीक भएको उनले बताए।
'अहिलेको संवैधनिक व्यवस्थाअनुसार राष्ट्रपतिलाई कुनै सल्लाहकार र विज्ञ चाहिँदैन', उनले भने, 'राष्ट्रपतिको नियमित सल्लाहकार प्रधानमन्त्री र क्याबिनेट हो। सल्लाहकारका नाममा अनावश्यक नियुक्ति दिएर राज्यलाई व्ययभार बढाउनु ठीको होइन।'
उनले नेपालको राष्ट्रपति पौडेल र भारतीय तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीको पीडा एउटै भएको पनि सुनाए।
'प्रणव मुखर्जीले परराष्ट्र र अर्थमन्त्रीको भूमिका निभाए। तर उनी प्रधानमन्त्री बन्न सकेनन्। पटक पटक प्रयास गरेपनि त्यो अवसर उनलाई आएन', उनले भने, 'हाम्रा अहिलेका राष्ट्रपतिक पनि पीडा त्यही छ।'
Shares
प्रतिक्रिया