नेपाली कांग्रेसले वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ को उम्मेदवार टुंगो लगाएको छ। कांग्रेसले चितवन–२ मा जीत नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि देउवाले श्रेष्ठलाई बोलाएर उम्मेदवार बनाउने बताएका हुन्।
उनी चितवनका जिल्ला अध्यक्ष हुन्। श्रेष्ठलाई चितवन–२ मा उम्मेदवार बनाउने निर्णय भएको र त्यहाँबाट आफू निर्वाचित हुने समेत श्रेष्ठले बताएका छन्।
पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनको तर्फबाट आफू साझा उम्मेदवार हुने पनि बताए।
240
Shares
प्रतिक्रिया