ad ad

राजनीति


विपद्‌मा परेर घाइते भएकालाई उपचारबाट बञ्चित हुन दिँदैनौँ : स्वास्थ्यमन्त्री पौडेल

विपद्‌मा परेर घाइते भएकालाई उपचारबाट बञ्चित हुन दिँदैनौँ : स्वास्थ्यमन्त्री पौडेल

नेपालखबर
असोज १७, २०८१ बिहिबार १४:५९, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्‌मा परेर घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको दाबी गरेका छन्।

बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद्‌बाट घाइते भएका उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका उनले यस्तो बताएका हुन्। 

उपचार आवश्यक भएका सबै नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार उपलब्ध गराइरहेको बताउँदै स्वास्थ्यमन्त्री पौडेलले सरकारी अस्पतालहरूमा विपद्‌बाट घाइते भएका बिरामीहरूको निःशुल्क उपचार जारी रहेको जानकारी दिए। 

‘उपचार आवश्यक भएका सबै नागरिकहधलाई स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार उपलब्ध गराएको छ। स्वास्थ्य मन्त्रालयका सबै अस्पतालहरूमा त्यो व्यवस्था गरिएको छ। निजी अस्पतालाहरूलाई पनि विपद्‌मा परेका, सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न अनुरोध गरेका छौँ। उपचार नपाएर समस्यामा पर्ने स्थिति हुँदैन,’ उनले भने।

विपद्‌बाट घाइते भइ उपचार नपाएका नागरिकहरुले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने बताउँदै उनले कतिपय नागरिकहरूलाई सरकारले निःशुल्क उपचार गराएको बारेमा जानकारी नहुनसक्ने भन्दै सञ्चारमाध्यमले सूचना संप्रेषणा गरिदिन आग्रह गरे।

‘अहिले पनि कतिलाई जानकारी नभएको हुनसक्छ, म आग्रह गर्न चाहन्छु, विपद्‌मा परेर घाइते हुनुभएका सबैको उपचार नेपाल सरकारअन्तर्गतका अस्पतालहरूले गर्नेछन्। जस्तोसुकै जटिल समस्यको पनि उपचार हुनेछ। जो बिरामी हुनुहुन्छ, नजिकको स्वास्थ्य संस्थामा आएर उपचार गर्नुहोला। सम्पूर्ण उपचार निःशुल्क हुन्छ। उपचारबाट वञ्चित हुन दिँदैनौँ,’ उनले भने।

मन्त्री पौडेलले विपद् कुनैपनि बेला आउनसक्ने भन्दै जनचेतना अभिवृद्धि गर्न जरुरी रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .