ad ad

राजनीति


पूर्वगभर्नर नेपाल र पूर्वमहान्यायाधीवक्ता कुँवर राष्ट्रपतिको विज्ञमा नियुक्त

पूर्वगभर्नर नेपाल र पूर्वमहान्यायाधीवक्ता कुँवर राष्ट्रपतिको विज्ञमा नियुक्त

नेपालखबर
चैत १६, २०७९ बिहिबार १३:१०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वगभर्नर चिरञ्जीवी नेपाललाई आर्थिक विज्ञमा नियुक्त गरेका छन्।

यस्तै पूर्वमहान्यायाधीवक्ता बाबुराम कुँवरलाई कानूनविज्ञमा नियुक्त गरिएको शीतलनिवास स्रोतले जनाएको छ।

नेपालले वि.स‌ं. २०५१ मा बनारस हिन्दु विश्वविद्यालयबाट श्रम र अर्थतन्त्रको सम्बन्धमा विद्यावारिधि गरेका थिए।

२२ वर्ष त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेका उनले प्रधानमन्त्रीको आर्थिक सल्लाहकार, अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार, अर्थ शास्त्रीहरूको सङ्गठन नेपाल आर्थिक संघका उपाध्यक्ष,  नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल चेम्बर अफ कमर्सका प्रमुख सल्लाहकार, नेपाल धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष, विश्व बैङ्कको स्कुल सपोर्ट कार्यक्रमको संयोजक र मिलेनियम च्यालेन्ज कोअपरेसनका प्रमुख अर्थशास्त्रीका रूपमा काम गरिसकेका छन्।

उनले २०७१ चैत ५ देखि २०७६ चैत २४ सम्म नेपाल राष्ट्र बैंकको १६ औँ गभर्नरका रूपमा काम गरेका थिए।

यस्तै पूर्वमहान्यायाधीवक्ता कुँवर पृथ्वीनारायण क्याम्पस पोखरामा कानून विषयकका पहिलो ब्याचका विद्यार्थी हुन्। झण्डै ३० वर्ष वकालत गरेका उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता बनेका थिए।

२०७० फागुन ५ देखि ०७२ असोज २५ सम्म महान्यायाधीवक्ताका रूपमा काम गरेका उनी २०७४ माघ ३ देखि २०७६ कात्तिक १७ सम्म गण्डकी प्रदेशकोप्रदेश प्रमुख बनेका  थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .