नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गबीच बिहीबार भेटवार्ता भएको छ।
वरिष्ठ उपाध्यक्ष पोखरेललाई भेट्न राजदूत सोङ्ग पोखरेल निवास धापासी पुगेका हुन्।
पोखरेल र सोङ्गबीच दुई देशको सम्बन्धसहितका विषयमा महत्वपूर्ण छलफल भएको उनको सचिवालयले जनाएको छ।
दुई देश र जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा वरिष्ठ उपाध्यक्ष पोखरेल र राजदूत सोङले वार्ताका क्रममा जोड दिएका छन्।
24
Shares
प्रतिक्रिया