ad ad

राजनीति


राष्ट्रपतिसँग छलफल गरेर फर्किए प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपतिसँग छलफल गरेर फर्किए प्रधानमन्त्री प्रचण्ड

फाइल तस्बिर।


नेपालखबर
चैत १७, २०७९ शुक्रबार १०:४४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेर फर्किएका छन्। प्रचण्ड पौडेललाई भेट्न बिहान साढे ९ बजे शीतलनिवास पुगेका थिए। 

आजै मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले त्यसअघि राष्ट्रपति पौडेलसँग छलफल गरेका हुन्। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आजै दिउँसो ३ बजेसम्म नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी गरिएको छ। 

मन्त्रीहरूको शपथका लागि राष्ट्रपति कार्यालयमा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवास पुगेका हुन्। 

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री र राष्ट्रपतिको भेटलाई नियमित भेटघाटका रुपमा लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .