ad ad

राजनीति


बाहिर धेरै कुराहरू आए, मेरोसमेत सहमतिमा प्रकाशशरणलाई अर्थमन्त्री बनाइएको हो– रक्षामन्त्री खड्का

बाहिर धेरै कुराहरू आए, मेरोसमेत सहमतिमा प्रकाशशरणलाई अर्थमन्त्री बनाइएको हो– रक्षामन्त्री खड्का

फाइल फाेटाे


नेपालखबर
चैत १८, २०७९ शनिबार ११:२५, काठमाडौँ

नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाहिर जेजस्तो हल्ला चले पनि आफ्नोसमेत सहमतिमा प्रवक्ता डा. प्रकाशशरण महतलाई अर्थमन्त्री बनाइएको बताएका छन्। 

उपप्रधान तथा रक्षामन्त्रीको शपथ खाएको भोलिपल्ट शनिबार ललितपुरको बाँडेगाउँस्थित किशुनजी आश्रममा पुगेका खड्काले पत्रकारहरूसँग बाहिर सुनिएजस्तो महतलाई अर्थमन्त्री बनाउने विषयमा आफ्नो कुनै विमति नरहेको बताएका हुन्।  

‘अर्थ मन्त्रालयमा सभापतिले निर्णय गर्नुभयो, मेरोसमेत सहमतिमा, कहीँ पनि प्रकाशजी, मेरो र सभापतिबीच कुनै विमति छैन’, कांग्रेस उपसभापतिसमेत रहेका रक्षामन्त्री खड्काले भने, ‘बाहिर धेरै कुराहरू आए। म प्रस्टसँग भन्न चाहन्छु– मेरोसमेत सहमतिमा पार्टी सभापतिले प्रवक्ता डा. प्रकाशशरण महतलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिनुभएको छ, त्यसमा मेरो सम्पूर्ण रूपमा सहमति छ।’ 

अर्थ मन्त्रालयको टुंगो लगाइसकेपछि १९ वटा मन्त्रालय बाँकी छन् कुन रोज्नुहुन्छ भनेर पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई सोधेको उनले बताए। ‘यो भन्दा सौभाग्यको कुरा अरु के हुन्छ?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .