ad ad

राजनीति


स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता व्यक्ति जोडिनु जनाउ घण्टी मात्र हो : रवि लामिछाने

स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता व्यक्ति जोडिनु जनाउ घण्टी मात्र हो : रवि लामिछाने

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत १८, २०७९ शनिबार १७:९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अर्थविद् डा. स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता व्यक्तिहरू आफ्नो पार्टीमा जोडिनु जनाउ घण्टीमात्र भएको बताएका छन्। 

पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले यस्तै व्यक्तिहरू जोडिनका लागि संवादमा रहेको पनि बताए। 

‘स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता व्यक्तिहरू जोडिनु यो जनाउ घण्टी मात्र हो। उहाँहरूभन्दा पनि क्षमतावान् व्यक्तिहरू अहिले हामीसँग जोडिन संवादमा हुनुहुन्छ,’ सभापति लामिछानेले भने, ‘यस्तै व्यक्तिहरू जोडिएर हामी दुई तिहाइको सरकार बनाउनेछौँ र विषय विज्ञहरुले मन्त्रालय हाँक्नेछन्।  देशबाट भ्रष्टाचार र घुसखोरी अन्त्य हुनेछ।’

उनले आफ्ना सपनाहरु सुतेर नदेखेको भन्दै उपनिर्वाचनमा हार्ने छुट नभएको पनि बताए। 

‘यो सपना मैले सुतेर देखेको होइन। आँखा खोलेर देखेको सपना हो। यो सपनाको पाइला चाल्नुहुने मित्रहरुलाई धन्यवाद। यो उपनिर्वाचनमा मुलुकका लागि पनि हार्ने छुट छैन,’ उनले भने, ‘स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने परिकल्पना यो देशले गर्ने छैन। उहाँहरुले कमाउनपर्ने सबै चिज उहाँहरुले कमाउनुभएको छ। यो समाजलाई गुन दिर्छु भनेर उहाँहरु आउनुभएको हो।’

साथै, उनले तीनवटै निर्वाचन क्षेत्रमा जित निकालेर विजयको उल्लास मनाउन पार्टी कार्यालय आउने बताएका छन्। ‘यही घन्टी घरमा हामी तीनै भाई विजयको उल्लास मनाउन आउनेछौं।’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .