ad ad

राजनीति


उपनिर्वाचन एक्लै लड्छौं, सरकारबारे निर्वाचनपछि निर्णय हुन्छ : लामिछाने

उपनिर्वाचन एक्लै लड्छौं, सरकारबारे निर्वाचनपछि निर्णय हुन्छ : लामिछाने

नेपालखबर
चैत १८, २०७९ शनिबार १७:३८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनमा कुनै दलसँग पनि गठबन्धन नगर्ने दाबी गरेका छन्। 

विशेष परिस्थितिबाहेक कुनै पनि निर्वाचनमा गठबन्धन गर्ने नीति आफ्नो पार्टीको नभएको पनि उनले बताए। शनिबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले सो कुरा बताएका हुन्। 

‘रास्वपाले चुनावमा गठबन्धन गर्दैन। निर्वाचन आयोगले नै असाध्यै परिस्थिति बाहेक चुनाव लड्दा गठबन्धन गर्न दिन हुँदैन भनेको छ,झ्’उनले भने, ‘हामीपनि त्यही हो। आम मतदाताले बुझ्ने परिस्थिति बाहेक हामीले गठबन्धन गर्दैनौं।’

साथै, उनले सरकारमा सहभागी हुनेबारे निर्वाचन पछिमात्रै निर्णय लिने बताएका छन्। 

‘हामीले सरकारमा सहभागी हुँदा कारणहरु निरन्तरता भएका खण्डमा बस्ने हो। सरकारले लिएको नीति अर्थात् न्युनतम साझा कार्यक्रममा हाम्रा कार्यक्रमहरु समेटिएका छन्,’ उनले भने, ‘पछि गरिएको वाचाहरु नै पूरा नहुने स्थिति आएपछि हामी सरकारबाट बाहिरिएका हौं।’

उनले भ्रष्टाचारीलाई समाउने कुरामा सरकार गम्भीर नभएर रास्वपा सरकारमा सहभागी नहुने पनि बताए। 

‘साँठगाँठ गरेर चुनाव लड्ने प्रवृत्तिले कुनै पनि दलको बहुमत नआउने र मुलुक अस्थिरतामा जाने भएकाले हामी कसैसँग गठबन्धन गर्दैनौँ, एक्लै चुनाव लड्छौँ।’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .