ad ad

राजनीति


कांग्रेस केन्द्रीय कार्यालयमा दोस्रो दिन पनि अनशन जारी

कांग्रेस केन्द्रीय कार्यालयमा दोस्रो दिन पनि अनशन जारी

नेपालखबर
चैत १९, २०७९ आइतबार ९:२०, काठमाडौँ

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति दुजाङ शेर्पाको पद खारेज गरिनुपर्ने माग गर्दै पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा शनिबार सुरु रिले अनशन आज पनि जारी छ। 

अनशन आयोजक नेविसंघ बृहत् संघर्ष समितिले नेविसंघ सभापति शेर्पाको पद, उनले गरेका सम्पूर्ण चिठी खारेजी र संगठनको १२औँ महाधिवेशन सुनिश्चित गरिनुपर्ने माग राखेको छ। 

अनशनमा अमन भुसाल (रुपन्देही) र राजेन्द्र चटौत (कैलाली) छन्।  

स्ववियु निर्वाचनपछि विभिन्न जिल्लामा अध्यक्ष चयन गर्दा नेविसंघभित्र विवाद देखिएको छ। कतिपय जिल्लामा एकभन्दा बढी अध्यक्ष चयन गरिएका पत्रहरू सार्वजनिक हुँदा विवाद बढेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .