ad ad

राजनीति


मिटरब्याजी समस्यालाई सरकारले निमिट्यान्न बनाउँछ : गृहमन्त्री श्रेष्ठ

मिटरब्याजी समस्यालाई सरकारले निमिट्यान्न बनाउँछ : गृहमन्त्री श्रेष्ठ

संसदमा बोल्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
चैत १९, २०७९ आइतबार १४:१७, काठमाडौँ

उपप्रधान तथा गृहनमन्त्री नारायणकाजी श्रेष्ठले सामन्तवादलाई मूलभूतरुपमा अन्त्य गरे पनि अझै केही अवशेष अझै बाँकी रहेको  बताएका छन्। 

'त्यो अवशेषका रुपमा मिटरब्याजीको समस्या रहेको छ। हामी यसलाई निमिट्यान्न बनाउन लागेका छौँ', उनले भने,  'पहिले कार्यदल बनेको थियो। अहिले आयोग बनेको छ। सांसदहरुले लम्ब्याउने काम नहोस् भनेर सचेत गराउनु भएको छ। मिटरब्याजीको समस्या अब समाधान हुन्छ।'

उनले पहिले बनेको कार्यदलका सीमा रहेको बताउँदै अहिले बनेको आयोग पूर्णअधिकारसहित रहेको पनि उनले टिप्पणी गरे। 

'सरकारले अब कानुन पनि बनाउँदैछ। फिल्डमै गएर हरेक पीडितको उजुरी लिएर कारबाही गर्छ, ठाउँको ठाउँ कारबाही गर्छ', उनले भने, 'मिटरब्याज सामन्तवादको अवशेष हो, हामी निमिट्यान्न बनाउँछौँ।'

उनले हरेक जिल्लामा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, मालपोत, नापी कार्याल र मिटरब्याजीपीडितसहिको समन्वय समिति बन्ने पनि बताए। 

'मैलै आफैं मिटरब्याजीपीडितको आन्दोलनको नेतृत्व गरेको थिएँ', उनले भने, 'सर्लाहीमा भएको मिटरब्याजीपीडितको आन्दोलनले केहीले कारबाही पनि भोगे, केहीले जेल पनि भोगेका छन्। यो पटक हामी यो समस्यालाई अन्त्य गर्छौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .